
चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा उच्च पदस्थ व्यक्ति लगायत आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आपत्ती जनाएकी छन ।
महानगरपालिकाले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटनाको छानबिनका लागि प्रक्राउ परेका व्यक्तिहरुका समर्थनहरुले राज्यका उच्च पदस्थ ब्यक्ती लगायत मेयरको नाम जोडेर सडक तथा सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको प्रती दुख समेत ब्यक्त गरेको छ ।
अपराधिक घटनामा बिना कारण मेयर दाहालको नाम जोडेर भ्रामक, कपोकल्पित सन्देश प्रसारण गर्नु गलत भएको महानगरपालिकाले ठहर गरेको छ ।
त्यस्तै गलत कार्य लत्काल रोक्न महानगरपालिकाले सबैमा विज्ञप्तीमार्फत अनुरोध पनि गरेको छ ।
अस्वभाविक मृत्युका कारणबारे छानबिन गर्नु राज्य र सरकारको दायित्व भएकोले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपणको लागि महानगरपालिकाले सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।
पढ्नुहोस विज्ञप्ती

यो पनि पढ्नुस
भिडियो हेरौं








