
काठमाडौं । जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेका छन् । उनले आज बिहान आफैले बोकेको हतियारले आत्महत्या गरेका हुन् । उनको घर तनहुँ रानीपोखरी भएको नेपाली सेनाले जनाएको छ ।
उनी जंगी अड्डामा कार्यरत थिए । उनको आत्महत्याको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।












