सैलुन संचालक सटरमै मृत भेटिए 

काठमाडौं । एक जना सैलुन संचालक सोमबार बिहान मृत भेटिएका छन् ।  बाराको निजगढ घर भई काठमाडौंकाे  बुद्धनगरमा सैलुन संचालक गदै आएका ३५ वर्षीया अशोक ठाकुर मृत भेटिएका हुन् ।

उनले बुधनगरमा ९ वर्षदेखि मनकामना हेयर ड्रेसर नाम दिएर सैलुन सञ्चालन गर्दै आएका थिए । अत्याधिक मदिरा सेवन गर्ने ठाकुर सटरमै मृत भेटिएका प्रहरीले जनाएको छ ।

उनको पोष्टमाटमका लागि शव टिचिङ अस्पतालमा राखिएकाले मृत्युको कारण अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार