मोरङ । मोरङमा मान्छेको टाउकाका खप्पर र हात खुट्टाका हड्डीहरु बोकेको गाडी बरामद भएको छ । मोरङको विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट मान्छेका २८ वटा टाउकाका खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरिएको हो । मंगलबार प्रहरीले टोलीले रानीस्थित ढाटनजिक को. २ च. ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लाग...
राजनीति
-
-
सम्बन्ध सुधारका लागि काँग्रेस टोली आज भारत जाँदै
काठमाडौं । भारतसंगको सम्बन्ध सुधारका लागि नेपाली काँग्रेसको टोली आज भारट जाँदैछ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा सत्तारुढ कांग्रेसको टोली आज भारत जान लागेको हो। पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । भ्रम...
-
१६ बुँदे प्रस्ताव पारित गर्दै एमालेको विधान महाधिवेशन सम्पन्न (विज्ञप्तिसहित)
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न भएको छ । असोज १५ गतेदेखि ललितपुरको गोदावरीमा शुरु भएको विधान अधिवेशन १६ बुँदे समसामयिक प्रस्ताव पारित र्दै आज सम्पन्न भएको हो । अधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु...
-
लोसपा नेता राजकुमार लेखी एमाले प्रवेश
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् । गोदावरीमा जारी एमाले विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गरेका हुन् । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् । पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा नेप...
-
माओवादीले रच्यो अर्को समावेशिताको इतिहासः पहिलो पटक अखिल क्रान्तिकारीको अध्यक्षमा महिला
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । अखिल क्रान्तिकारीमा सिंह पहिलो महिला अध्यक्ष बनेकी हुन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड न...
-
बोल्न अपठ्यारो भयो भन्दै अध्यक्ष ओलीले बिचमै छोडे संवोधन
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको विधान महाधिवेशनलाई संवोधन गर्दा गर्दै बिचमै छोडेका छन् । अधिवेशनको उद्घाटन सत्रपछि संवोधन गरिरहेका अध्यक्ष ओलीले आफुलाई रुघाखोकीले बोल्न अपठ्यारो भएको भन्दै संवोधन बिचमै रोकेर नेता ईश्वर पोखरेललाई बाँकी संवोधन पढ्न लगाएका हुन् । नेता पोखरेलले अहिले बाँकी संवोधन प...
-
एमालेको विधान महाधिवेशन अध्यक्ष ओलीद्धारा उद्घाटन
काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरू भएको छ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । सनराइज हलमा सुरु भएको महाधिवेशनमा देशभरिबाट करिब ६ हजार नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ। महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर ...
-
पूर्वमाओवादीलाई यथोचित स्थान नदिएको भन्दै एमाले विधान महाधिवेशनमा प्रभु साह गएनन्
काठमाडौँ । आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा नेता प्रभु साह सहभागी नहुने भएका छन् । विधान महाधिवेशन सुरु हुनुपूर्व आज बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा नेता साहले सहभागी नहुने निर्णय गरेका हुन् । नेता शाहले महाधिवेशन प्रतिनिधि चयनमा कनिष्ठलाई स्थान दिइएको, पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टी...
-
एमालेको पहिलो विधान महाधिवेशन आजदेखि गोदावरीमा सुरु
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुनेछ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे उद्घाटन गर्ने तालिका रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । अधिवेशनपछि उद्घाटनपछि बन्द...
-
राजकुमार लेखीले छोडे महन्त ठाकुरको लोसपा
काठमाडौं। आदिवासी जनजाति नेता राजकुमार लेखीले महन्त ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका छन् । बिहीबार उनले पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोल...













