विश्वका एक अरब मानिसमा कोरोनाको संक्रमण हुनसक्छ : आईआरसी

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ३१ लाख भदाबढी मानिस सक्रमित भइसकेका छन् । त्यस्तै  २ लाख १७ हजार बढीले ज्यान गुमाई सकेका छन् ।

कोरोनाको खोप नबनेसम्म संक्रमणको जोखिम कम नहुँने विश्व स्वास्थ्य संगठनले बताई रहेको छ । त्यसैबीच अन्तर्राष्ट्रिय उद्दार समिति (आईआरसी) ले संसारभर एक अरब मानिस कोरोना महामारीको चपेटमा पर्न सक्ने चेतावनी दिएको छ ।

आईआरसीले यदि विश्वका कमजोर देशहरुलाई तत्काल मद्दत नगर्ने हो भने एक अर्बभन्दा बढी मानिसहरु महामारीको चपेटामा पर्न सक्ने चेतावनी दिएको हो ।

उक्त संगठनले विश्वव्यापी रुपमा महामारीको प्रभाव रोक्न आर्थिक र मानवीय सहायता आवश्यक रहेको समेत बताएको छ । अफगानिस्तान र सिरियाजस्ता युद्धग्रस्त देशहरुमा तत्काल लगानीको आवश्यकता रहेको दाबी गर्दै उक्त संगठनले यसका लागि समेत एकदमै छोटो समय रहेकोले अन्यथा भएमा संक्रमणले विनाश निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

बीबीसीका अनुसार विश्व स्वास्थ्य संगठन र इम्पीरियल कलेज लन्डनको तथ्याङ्कमा आधारित भएर निर्माण गरिएको आईआरसी प्रतिवेदनले भनेको छ, ‘विश्वभर कोरोना भाइरस संक्रमितहरुको संख्या ५० करोडदेखि १ अरबको बीचमा पुग्न सक्छ ।’

प्रतिवेदनमा भनिएको छ, ‘द्वन्द्व प्रभावित र अस्थिर देशहरुमा संक्रमणका कारण करिब ३० लाख मानिसहरु मर्ने अनुमान छ ।’ महामारी रोक्न तत्काल लगानी र अन्य व्यवस्थापकीय कार्यक्रमहरुलाई तत्काल अघि बढाउन समेत आईआरसीले भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार