भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३ हजार बढीको मृत्यु

भारत । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या भारतमा १ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोराना संकमितको संख्या १ लाख १ हजार १ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार नौ सय ७० नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो । त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि तीन हजार नाघेको छ । अहिले सम्म तीन हजार एक सय ६३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट भारतमा सबै भन्दाबढी महाराष्ट्रमा प्रभाव पारेको छ । त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ५८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार दुई सय ४९ जनाको मृत्यु भइसकेको छ ।

गुजरातमा अहिलेसम्म ११ हजार सात सय ४५ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय ९४ पुगेको छ ।

त्यस्तै तमिलनाडु, पश्चिम बंगालमा, उत्तर प्रदेश र विहारमा पनि संक्रमितको संख्या धेरै रहेको छ ।

अहिलेसम्म भारतमा ३९ हजार एक सय ७४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार