जुवाको खालबाट उच्च व्यापारीक घरानाका व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंमा जुवाको खालबाट व्यापारीहरु पक्राउ परेका छन् । लकडाउनको मौका पारी कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई रहेका छन् ।

उनीहरु सबैलाई प्रहरीले गएराति जुवाको खालबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा निक्की जोगाई भने होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ र अशोक विशाल ग्रुपका एमडी हुन् ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु समेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार