
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ जना डिस्चार्ज भएका छन् । कारोना संक्रमणपछि उपचाररत १२ जनाको पछिल्ला दुई वटा रिर्पोट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
कोरोना जितेर डिस्चार्ज हुनेमा सबै झापाका स्थानीय रहेका छन् । उनीहरु शनिबार राति कोरोना जितेर घर फर्किएका छन् ।
शनिबार सात जना थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या अब २ सय ४७ जना पुगेको छ । तीमध्ये ९० जना उपचारपछि घर फर्किएका छन् ।











