कैलाली । सुदूरपश्चिम प्रदेशमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव परेको छ । प्रदेशको अस्थायी राजधानीमा आज विहानै देखि भएका गतिविधिले बन्दको प्रभाव परेको थाहा हुन्छ ।
प्रदेशका तीन वटा मन्त्रालय र प्रदेश सभाको भवन भवन अगाडि शंकास्पद वस्तु फेला परेको छन्। बस जस्तै देखिने शंकाष्पद बस्तु आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै एलएन चौकमा पनि प्रेसर कुकर बम भेटिएको छ । विभिन्न ठाउँमा भेटिएका बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
ठाउँ, ठाउँमा बम भेटिएपछि धनगढीमा प्रहरीले अहिले सुरक्षा व्यवस्था कडा पारेको छ। बम कसले र किन राखेको भन्ने खुलेको छैन्।
त्यस्तै जिल्लाको घोडाघोडी नगरपालिकाकी उप प्रमुखले चढ्ने गाडीमा पनि आजै विहान आगजनी गरिएको छ । अपरिचित व्यक्तिको समूहले नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको बताइएको छ ।
गाडी पार्किङ गरेर गरिराखिएको स्थानमा आगजनी भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश इन्चार्जसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको र उनीहरुको रिहाइको माग सहित आज विप्लव समूहले सुदूरपश्चिम बन्द आव्हान गरिएको बताइएको छ।