डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा स्कार्पियो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको पाटन नगरपालिका ६ का २६ वर्षीय हिमाल विष्ट र अर्का एक जनाको परिचय खुल्न सकेको छैन् ।
बिहीबार दिउँसो भएको दुर्घटना घाइतेहरुको डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको घटनास्थलबाट संचारकर्मी रमेस मल्लले जानकारी दिएका छन् ।
जिल्लाको अमरगढी नगरपालिका– ५ स्थित रानीधारामा बा १८च ९६३७ नम्बरको जिप सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । सडकबाट करिब दुई सय मिटर तल खसेको जिपमा क्षती पुगेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगि उद्धार कार्य गरिरहेको छ ।