डोटीमा घर भत्किँदा चार जनाको ज्यान गयो, ५ घाइतेलाई थप उपचारका लागि दिपायल ल्याइयो


डोटी । डोटीमा घर भत्किंदा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन । जिल्लाको आदर्श गाउँपालिका– १ बाँझककानी खलगडाका लोगे लुहारको घर भत्किँदा उनका श्रीमती र तीन बच्चा गरी चार जनाले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा लोगे लुहारकी श्रीमती विष्ना लुहार, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसा लुहार रहेका छन् ।

त्यस्तै पाँच जना भने घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य  उपचारपछि थप उपचारका लागि दिपायल ल्याइएकाे छ ।

गएराति १ बजेतिर सुतिरहेका बेला घर भत्किंएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार