
काठमाडौं । नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच मिलापत्र भएको छ । प्रकाश सुववेदीले एक टेलिभिजन कार्यक्रममा पूजालाई लक्षित गरी बोलेको विषयमा केही समयदेखि चलिरहेको विवाद मिलापत्रमा टुंगिएको छ ।
उनीहरुबीच चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा मिलापत्र भएको छ । यसअघि प्रकाशले आफूले पूजालाई लक्षित गरी नभनेको भन्दै माफि मागेका थिए ।
तर पुजाले भने उनको माफिले चित्त नबुझेको भन्दै सामाजिक सञ्जालमा आपत्त जनाएकी थिईन् ।










