काठमाडौं । घरभित्रै भएपनि माहोल तीजको छ । कोरोना संक्रमण बढेपछि सरकारले निषेधाज्ञा जारी गर्दा यसबर्षको तीज प्रभावित भएको हो । हरितालीका तीज हरेक बर्ष सेलिब्रेटीहरुको पनि बिषेश हुँदै आएको छ । तर, यसबर्ष कोरोनाका कारण घरभित्रै बसेर तीज मनाउनुको विकल्प छैन् ।
कलाकार राष्ट्रका गहना हुन । समाजका प्रतिनिधि हुन । त्यसैले उनीहरुले जिवनमा गर्ने धेरै कुराहरुले समाजमा कुनै न कुनै रुपमा प्रभाव पारिरहेको हुन्छ । समाजले कलाकारहरुबाट धेरै कुरा सिकि पनि रहेको हुन्छ ।
कलाकारले आफ्नो कलामार्फत समाजलाई सहि मार्ग देखाइरहेका पनि हुन्छन् । अझ यस्ता चाँडपर्व, उत्सवमा कलाकारहरुको गतिविधिलाई बिशेष रुपमा हेरिन्छ ।
कोरोना कहरका बीच नेपाली नायिकाहरुले मनाइरहेको तीजबारे उनीहरुले ब्यक्त गरेका केहि भावना र तस्बीरहरु हामी यहाँ प्रस्तुत गर्दैछौं ।
आँचल शर्मा-

दर्शकले रुचाएकी नायिकामध्ये आँचल शर्माको यसबर्षको तीज विवाहपछिको पहिलो तीज हो । त्यसैले उनको तीज अझ बिशेष हुने नै भयो । त्यसैले तीजमा उनको अर्को दुलही अवतार भएको छ । रातो सारीमा ढपक्क गहनाले ढाकिदै आँचलले सामाजिक संजालमा “विवाह पश्चात मेरो पहिलो तीज,” भनेर सबैलाई शुभकामना दिदैं तस्वीर सार्वजनिक गरेकी छन् । जहाँ उनका फलोअर्सहरुले उनको गहनाले भरिभराउ तस्वीरमाथि कमेन्ट गरेका छन् । आँचललाई तीजमा गहना प्रर्दशनी गरेको भन्ने समेत कमेन्टसहरु आएका छन् । हुन त उनको खर्चिलो र तडकभडकयुक्त विवाहबारे पनि खुबै चर्चा भएको थियो ।
बर्षा रावत-

नेपाली चलचित्र उद्योगमा रुचाइएकी नायिका बर्षा रावतले पनि यसबर्षको तीज घरमै मनाइरहेका तस्वीर सार्वजनिक गरेकी छन् । उनले सामाजिकसंजालमा श्रीमानसंगको तस्वीर सार्वजनिक गर्दै तीजको अवसरमा सबैलाई शुभकामना दिदैं लेखेकी छन, “खुशी हुन श्रीमानको माया र साथ नै काफी हुन्छ । ” श्रीमानको लामो आयुका लागि तीजमा महिलाहरुले निरहार बर्त बस्ने, खुट्टाको पानी खाने चलन रहेकाले बर्षाले त्यसो नगरी आफु सुखी खुशी हुन श्रीमानको माया र साथ नै काफी रहेको सन्देश दिन खोजेकी छन् ।
करिष्मा मान्नधर-

नेपाली चलचित्र उद्योगमा स्थापित नायिका करिष्मा मान्नधरले पनि यसबर्षको तीजको अवसरमा आफ्ना शुभचिन्तक, दर्शकमाझ परिवारसंग घरमै मनाइरहेका केहि तस्वीर सार्वजनिक गर्दै लेखेकी छन, “परिस्थितिले गर्दा निश्चित परिधीभित्र बसेर मनाउनु पार्ने बाध्यता सृजना भएको छ , आफ्नो परिवारसंग रमाउनु होला , स्वस्थको ख्याल राख्नु होला, तीजको सबैमा शुभकामना ।”
रेखा थापा-

नेपाली चलचित्र उद्योगमा स्थापित र छुट्टै पहिचान बनाउन सफल नायिका रेखा थापाले पनि तीजमा आफ्नो भावना ब्यक्त गर्दै सबैलाई शुभकामना दिएकी छन् । आफ्नो सामाजिक संजालमार्फत उनले भनेकी छन्, “यसपालिको तीजपर्व सामुहिक रुपमा मनाउन नपाए पनि हामी सबैको आस्था र विश्वाश कमजोर छैन । महामारी सन्त्रासको यो समयमा हामी सबैले सुरक्षित र साबधानी साथ तीज मनाउनेछौ र अर्को साल हामी भब्य रुपमा एकसाथ तिज मनाउला । सबैको सुस्वास्थ्यको कामना ।”
केकी अधिकारी-

आफ्नो कलामार्फत दर्शकको माया पाउन सफल नायिका केकी अधिकारीले पनि महिलाहरुको महान पर्व तीजका अवसरमा सामाजिक संजालमार्फत शुभकामना दिएकी छन् । समाजमा संस्कार, चाल चलन, परम्पराका नाममा हुने गलत कुरातर्फ संकेत गर्दै केकीले लेखेकी छन्,”समाज, संस्कार र सम्बन्धको नाममा आफ्नो सपनाको आहुती दिन नपरोस् । हरितालिका तीजको सम्पूर्ण महिलाहरुमा उर्जाशील शुभकामना ! यसपटक यस्तै भयो, अर्को पटक घरबाट पनि अनि मनका सबै डरबाट पनि खुलेर निस्किन सकौँ।
आफ्नो स्वास्थ्यको ख्याल राखौँ। सुरक्षित रहौं । सचेत रहौँ।”
सुष्मा कार्की-

नेपाली चलचित्र उद्योगमा छुट्टै नाम कमाउन सफल नायिका सुष्मा कार्कीले पनि तीजको सबैमा शुभकामना दिएकी छन् । कोरोना र निषेधाज्ञाका कारण उनको तीज पनि यसबर्ष घरमै बितिरहेको छ । उनले पनि तीज मनाइरहेको तस्बीर सार्वजनिक गर्दै आफ्नो सामाजिक संजालमा, “यो पालीको तीज परिवारसंग,” भनेर लेखेकी छन् ।
रिमा बिश्वकर्मा-

फरक क्षमता र कलाकारिताले दर्शकमाझ लोकपृय बनेकी नायिका तथा सफल उद्घोषिका रिमा विश्वकर्माले तीजको अवसरका सबैमा शुभकामना दिएकी छन् । उनले पनि सामाजिसंजालमार्फत शुभकामना दिदैं “सुरक्षित र सामाजीक दुरी कायम गर्न नभुलौं हैं। बाचौं र बचाऊ। जीवन रहे आगुन साल दिल खोलेर साथै मनाउला,” भनेर लेखेकी छन् ।
दिपिका प्रसाई-

नेपाली चलचित्र उद्योगमा दर्शकको मन जित्न सफल नायिका दिपिका प्रसाईलाई पनि तीज लागेकै छ । कोरोनाका कारण घरभित्रै तीज मनाउन बाध्यता रहेको भएपनि उनले आफ्नो सामाजिक संजालमार्फत केहि तस्वीरहरु सार्वजनिक गर्दै तीजको सबैमा शुभकामना दिएकी छन् ।
बर्षा शिवाकोटी-

नेपाली चलचित्र उद्योगमा आफ्नो कला र सुन्दरताले दर्शकको मन जित्न सफल नायिका बर्षा शिवाकोटीको पनि तीजमा नयां लुक देख्न मिलेको छ । तीजको अवसरमा आफ्ना शुभचिन्तक, दर्शकमाझ केहि तस्वीर सार्वजनिक गर्दै उनले कोरोनाबाट सुरक्षित बस्न आग्रह गर्दै सबैमा शुभकामना दिएकी छन् ।










