
सुनसरी । को रोनाबाट नेपालमा थप एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सुनसरीको धरान उपहानगरपालिका १५ का ६७ वर्षीय पुरुष रहेका छन् । को रोनाको उपचार गराइरहेका उनको शनिबार बिहान साढे ११ बजे सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ त्यु भएको हो ।
उच्च रक्तचापका दिर्घरोगी उनलाई पछिल्लो समय उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि साउन २७ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई सोहि दिन को रोना पुष्टि भएको थियो । उनलाई धरानकै एन्फा क्वारेन्टिनबाट रिफर गरेर उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो । योसँगै धरानमा कोरोनाबाट मृ त्यु हुनेको संख्या २ पुगेको छ । यसअघि धरान–१५ कै एक वृद्धाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।









