
काठमाडौं । होम क्वारेन्टिमा बसेका उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोरोना परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
केहिदिन अघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना देखिएपछि उनीहरु तीनै जना होम क्वारेन्टिनमा बसेका थिए ।
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य समेत रहेकाले आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक पनि भदौ १८ गतेसम्मका लागि सारिएको थियो ।








