प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवले जिते कोरोना


काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोना मुक्त भएका छन् । उनी १५ दिनपछि कोरोनामुक्त भएका हुन् ।

साउन २१ गते कोरोना पोजेटिभ देखाएका उनी घरकै आइसोलेशनमा बसेका थिए । प्रादेशिक प्रयोगशाला जनकपुरमा पछिल्लो दुई वटा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएका हुन् ।

उनले कोरोना संक्रमणबाट मुक्त हुनका लागि आइसोलेशनमा जडिबुटीको औषधि सेवन गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार