भारतमा ५ महिना पछि खुले मेट्रो रेल


भारत । कोरोना महामारीका कारण बन्द भएको मेट्रो रेल करिब ५ महिनामा पछि खुलेको छ । भारतमा मार्चदेखि बन्द रहेका मेट्रो रेलहरू सोमबार बिहानबाट सुरु भएका हुन् ।

भारतको राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट संचालनमा आएको छ भने बेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको छ। यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका भारतीय सञ्चार माध्यामले जनाएका छन्।

भारतको केन्द्र सरकारले कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई चरणबद्ध रूपमा खोल्ने योजनाको चौथो चरण अन्तगत सोमबारबाट त्यहाँ मेट्रो सेवाहरू पुनः सुरू भएका हुन्।

भारतले मेट्रो संचालन गर्दा पालना गर्नुपर्ने सर्तहरू गत महिना सार्वजनिक गरेको थियो। नियम पालना गर्न मेट्रो स्टेशनहरूमा प्रहरीहरू खटाइएका छन् ।

मेट्रो सेवा लिनेहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ भने सामाजिक दूरीलाईसमेत पालना गर्नुपर्नेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार