संसद विघटनविरुद्ध ५४ प्रतिशत वहुमत सांसदद्धारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । संसद विघटन निर्णय खारेजीको माग गर्दै विपक्षी दलहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
सोमबार दिउँसो साढे दुई बजे विपक्षी दलका १४६ वहुमत सांसदहरु सर्वोच्चमा उपस्थित भई संसद विघटन निर्णय खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै प्रतिनिधिसभाका ५४ प्रतिशत वहुमत सांसदहरुले सर्वोच्च अदालत पुगेर रिट दर्ता गरेको माओवादी नेता जनार्दन शर्माले जानकारी दिए ।

रिट निवेदनमा संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज, संसद अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरी तीन बुँदे माग रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले असंवैधानिक ढंगले संसद विघटन गरेर लोकतन्त्र नै धरापमा पारेकाले यसविरुद्ध न्यायिक लडाई भन्दै विपक्षी दलहरु अदालत गएका हुन् ।

वैकल्पिक सरकार बनाउनका लागि देउवा र ओली दुबैको दावी नपुगेको भन्दै शुक्रबार मध्यराती राष्ट्रपतिबाट संसद विघटन गरि मध्यावधी चुनावको मिति घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार