प्रचण्ड अस्पताल भर्ना, अवस्था सामान्य


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डकी छोरी गंगा दाहालका अनुसार कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई रक्तचाप बढेकाले अस्पताल भर्ना गरिएको हो।

प्रचण्डको अवस्था सामान्य रहेकाले केहि घण्टापछि अस्पतालबाट गरिने छोरी गंगाले बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार