
काठमाडौं । जेठ १५ गतेदेखि राजावादीहरुले निर्णायक आन्दोलन भन्दै काठमाडौंमा प्रर्दशन जारी राखेका छन् । जसअनुसार आज उनिहरुले नारायणचौरदेखि बालुवाटार क्षेत्रमा आफ्नो प्रर्दशन केन्द्रित गर्दा केहि राजावादी नेता, कार्यकर्ताहरु पक्राउ परेका छन् ।
जसमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पक्राउ परेका हुन् । स्थानिय पशासनले निषेधित क्षेत्र घोषणा गरेको बालुवाटार क्षेत्रमा राजावादीहरु छिर्न खोज्दा प्रहरीले बल प्रयोग गर्दै लाठी चार्ज समेत गरेको छ । प्रहरीको लाठी चार्जबाट केहि ब्यक्तिहरु सामान्य घाइते भएका छन् ।

राजावादी आन्दोलन नारायणचौरबाट अघि बढ्दै बालुवाटार क्षेत्रमा राखिएको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए ।
राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी समुहहरु आन्दोलन गर्दै आउका छन् ।











