एसिया कप क्रिकेटको पहिलो खेलमा चीनलाई हराउदैं नेपाल विजयी

काठमाडौं । यू १९ एसिया कप क्रिकेटको पहिलो छनौट खेलममा नेपाल विजयी भएको छ । नेपालले चीनलाई १० विकेटले हराएर विजयी भएको हो ।

मलेसियामा भएको खेलमा ५४ रनको लक्ष्यलाई नेपालले पाँच ओभरमा नै पूरा गरेको थियो । टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो ।

जवाफी ब्याटिङमा नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् । आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हाने ।

नेपालका लागि सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका उनले १९ रन दिएर ६ विकेट लिएका हुन् । यस्तै तिलक राज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिएका थिए ।

दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार