सुर्खेत । कर्णाली प्रदेशका संसदीय समितिले अहिलेसम्म पनि नेतृत्व पाउन सकेका छैनन् । संसदीय समिति गठन भएको १५ महिना वितिसक्दा समेत नेतृत्व पाएका छैनन् ।
संसदीय समितिले नेतृत्व नपाउदा संसदीय समितिले गर्ने काम रोकिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास, लेखा, अर्थ तथा प्राकृतिक स्रोत लगाएतका समिति नेतृत्व विहिन अवस्थामा छन् ।
समितिमा नयाँ नेतृत्व चयन नहुँदा नेकपाकै सांसदले समेत आवाज उठाउन थालेका छन् । उनीहरुले सरकारलाई तत्काल समितिमा नेतृत्व चयन गर्न दवाव समेत दिएका छन् । अहिले कर्णालीका समितिहरु ज्येष्ठ सदस्यले चलाइरहेका छन् ।










