‘आरक्षण बचाउ’ आन्दोलनमा प्रहरी धरपकड, दर्जनबढि गिरफ्तार

काठमाडौं । आरक्षण बचाउ आन्दोलनका सहभागीहरुमाथी प्रहरीले धरपकड गर्दै गिरफ्तार गरेको छ । आइतबार दिउँसो सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका उनिहरुमाथी प्रहरीले धरपकड गर्दै १४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेफिनका अध्यक्ष गोबिन्द छन्त्याल, दलित गैसस महासंघका अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन रहेका छन् ।

त्यस्तै दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, रमेश थापा मगर ,लक्ष्मी थापा, महेश अधिकारी,  हेमन्त राई, खगेन्द्र माखिम, काशिन्द्र यादव,राकेश राई,सि एन थारू, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावती र वाङ्जु तामाङ, जयनकुमार मोक्तान गरी १९ जनालाई पक्राउ गरेको छ ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि खोलेको विज्ञापन संविधान विपरीत र असमावेशी भयो भन्दै त्यसको खारेजीको माग गर्दै बिगत केहि दिनदेखि काठमाडौंमा आरक्षण बचाउ आन्दोलन भइरहेको छ ।

त्यहिक्रममा आन्दोलनकारीहरुले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थिए ।
सरकारले हटाउन लागेको आरक्षणलाई बचाउने उदेश्यका साथ थालिएको शान्तीपुर्ण आन्दोलनमाथी प्रहरीले दमन गर्ने गरेको उनिहरुको आरोप छ ।

संविधानले ग्यारेन्टी गरेको समानुपातिक, समावेशीतालाई राज्यले कार्यान्वयन नगरेसम्म आन्दोलन जारि रहने र त्यसका लागि आन्दोलनले भविष्यमा जुनसुकै कदम चाल्न सक्ने दलित नेता दलमर्दन कामीले बताए । उनले राज्यबाट आरक्षण बचाउ आन्दोलनमाथी भइरहेको दमन र धरपकडको बिरोध समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार