
काठमाडौं । भारतले नेपालको भुमि मिचेको बिरोधमा थालिएको प्रर्दशन दिनप्रति दिन झन चर्किदै गइरहेको छ । दिनहुँ देशैभरी भइरहेका बिरोध प्रर्दशनमा भारतको चर्को अलोचना गर्दै आफ्नो भुमी फिर्ता मागिरहेका छन् ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले हालै आफ्नो नयां नक्सा सार्वजनिक गरेदेखि नै बिरोध भइरहेको छ ।
यसैक्रममा मंगलबार बिहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंमा प्रर्दशन गरेको छ ।
प्रर्दशनमा उनिहरुले सिमा मिचिएको बिषयमा सरकार खरो रुपमा नउत्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेका छन् ।राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।
विरोध प्रदर्शनमा सहभागीहरूले “सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?, केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो, बालुवाटार जोगाउन नसक्ने सरकारले कालापानी जोगाउन सक्दैन” जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।
गत शुक्रबारको प्रदर्शनमा उनीहरुले “भारतीय विस्तारवाद मुर्दावाद” लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका थिए भने मंगलबारको प्रदर्शनमा नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरूको आक्रोश सरकारप्रति बढी देखिन्थ्यो ।
भिडियो सामाग्री पनि हेर्नुहोस













