बाग्मती नदीमा डुबेर रौतहटमा तीन बालिका बेपत्ता

रौतहट । बाग्मती नदीमा डुबेर रौतहटमा तीन बालिका बेपत्ता भएका छन् । जिल्लाको धर्मपुरमा रहेको बाग्मती नदीमा नुहाउन गएका उनीहरु डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गढिमाई नगरपालिका ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया रहेका छन् ।

नदीमा डुबेका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार