नाग्म पहिरो अपडेट : एकै परिवारका ४ सहित १० जनाको मृत्यु


कालीकोट । कालीकोटमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा १ नाग्ममा पहिराले चार वटा घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नाग्ममा बस्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कल शाही रहेका छन् । यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा दुई जनाको उद्धार गरिएको छ भने दुई जना अझै बेपत्ता छन् । आइतबार बिहान नाग्म बजारको भिरालो जमिन भासिएर पहिरो जाँदा घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा वेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीयले खोजि जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार