बुटवल । रुपन्देहीमा करिब साढे तीन महिनापछि आइतबारदेखि सार्वजनिक बस चल्न थालेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरिएको लकडाउने ठप्प रहेको सार्वजनिक यातायात साढे तीन महिनापछि संञ्चालनमा आएको हो । रुपन्दहीमा आइतबार पहिलो पटिक लुम्बिनी मेट्रोसिटी प्रालिले बस सेवा सुरु गरेको हो । आइतबार बिहान बुटवलको...
प्रदेश समाचार
-
-
संखुवासभामा पहिरोले ८ घर बगायो, ११ जना बेपत्ता
संखुवासभा । संखुवासभामा गएराति पहिरो जाँदा ८ घर बगेका छन् भने ११ जना बेपत्ता भएका छन् । जिल्लाको सिलिचोङ गाउँपालिकामा १ मा लगातारको वर्षाले पहिरो जाँदा घटना भएको हो । पहिरो प्रभावित क्षेत्रमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय सखुवासभाले जनाएको छ । लगातारको पानीले बाटोपनि प्रभावित भएकाले समयमै उद्धार ट...
-
मिर्गौलाको अवैध कारोबार आरोपमा तीन डाक्टर पक्राउ, जिप्रकाका कर्मचारीको पनि संलग्नता
चितवन । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा तीन जना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर मेडिकल कलेजका डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा उनलाइ शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले न...
-
म्याग्दी पहिरोमा परी २७ जनाको मृत्यु, ४ जना अझै बेपत्ता
म्याग्दी । म्याग्दीमा पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरोमा ४ जना अझै बेपत्ता भएका छन् । शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी १२ जना घाइते भएका छन् । उनीहरुको बेनी, पोखरा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार गएको पहिरोले जिल्लाको धवलागिरी गाउँपालिका मराङ,...
-
खानेपानीको विषयमा विवाद हुँदा डडेल्धुरामा एक बालकको मृत्यु
डडेल्धुरा । खानेपानीको विषयमा विवाद हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका ६ का ८ वर्षीय हिमान्सु महारा रहेका छन् । आलिताल गाउँपालिका ६ को झरकाँडा भन्ने ठाउँमा गएराति झडप हुँदा घाइते भएका बालकको थप उपचारका लागि धनगढी ल्याइए पनि उनको शनिबार विहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जन...
-
जाजरकोट सार्कीगाउँ पहिरो अपडेटः ७ जनाको शव फेला, अन्यको खोजि जारी
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये ७ जनाको शव फेला परेको छ । सार्की गाउँका गएको पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीे, उनका ११ वर्षीय छोरा अजुर्न र कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी क...
-
पहिलो पटक बैंकका कर्मचारीमा देखियो कोरोना संक्रमण
अछाम । नेपालमा पहिलो पटक बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा अछामको चौरपाटी गाउँपालिका १ मा रहेको सेन्चुरी बैंकमा कार्यरत कर्मचारी रहेका छन् । चौरपाटी गाउँपालिका ५ लुंग्राका उनलाई शुक्रबार कोरोना पोजिटिभ देखिएको हो । उनले असार १९ गते कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । सुदूरपश्चिम...
-
काठमाडौं उपत्यकामा जोखिम बढ्दै, थप ४२ जनामा संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना पुष्टी भएको छ । काठमाडौं २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो समय उपत्यकामा संक्र...
-
म्याग्दी बाढी पहिरो अपडेटः ३ शव फेला, ३१ बेपत्ता, ३५ घर पुरिए
म्याग्दी। लगातारको वर्षापछि म्याग्दीमा आएको पहिरो र बाढीका कारण ३ जनाको मृत्यु भएको छ । धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा १ जना गरी ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएका छ । म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरका अनुसार पहिरोले ३५ घर पुर्दा ३१ जन...
-
जाजरकोटमा पनि ठुलो पहिरो, १२ जना बेपत्ता
जाजरकोट । जाजरकोटमा पनि ठुलो पहिरो जाँदा १२ जना बेपत्ता भएका छन् । जिल्लाको बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति गएको पहिरोले दुई घर बगाउँदा बेपत्ता हुनेमा एक परिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन रहेका छन् । त्यस्तै अर्को पर...













