
कालीकोट । पहिरोमा परी कालिकोटकाे नरहरिनाथमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा रहेका छन् ।
त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै, पहिरोमा परी नरहरिनाथ गाउँपालिका ४ माझगोठीका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि मृत्यु भएको छ ।
मंगलबार राति सुतिरहेको बेला पहिरो खसेको प्रहरीले जनाएको छ ।









