
रौतहट । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित २० जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
बुधवार बिहान आएको रिपोर्टमा जिल्लास्थित एक इलाका प्रहरी कार्यालयका एकजना डीएसपी, दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
संक्रमितहरुलाई चन्द्रपुर-२ मा रहेको आइसोलेसनमा पठाइएको र इलाका प्रहरी कार्यालयमा जिल्लाबाट थप टोली पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए ।
ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि उक्त इलाका प्रहरी कार्यालयलाई सेनेटाइज गरेर र भौतिक दुरीसहित केही कामकाजलाई मात्रै निरन्तरता दिइएको एसपी शाहले बताए ।









