युरोकप फुटबलमा आज तीन खेल हुँदै


युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । म्याच डे वानका खेलहरु सकिएपछि आजबाट म्याच डे टु का खेलहरु भइरहेका हुन । जस अन्तर्गत आज पहिलो खेल समूह बी मा रहेका फिनल्याण्ड र रुसबीच हुनेछ । दुबै टिमबीचको खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यस्तै राति ९ः४५ बजे वेल्स र टर्की भिड्दैछन् । यि दुबै टिम अजरबैजानको बाकु स्टेडिकमा भिड्नेछन् । यस्तै आजको तेस्रो खेलमा इटली र स्वीट्जरल्याण्ड भिड्दैछन् । यो खेल राति १२ः४५ बजे सुरु हुनेछ । खेल इटलीको घरेलु मैदान रोममा हुने आयोजकले जनाएको छ ।

जुन ११ तारिखदेखि सुरु भएको युरोकपमा यस पटक ११ देशमा आयोजना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार