रुसमा विमान दुर्घटना, पाइलटसहित १६ जनाको मृत्यु


काठमाडौं । रुसको तातरस्थानमा विमान दुर्घटना हुँदा दुई पाइलटसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइतेको उद्धार गरिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । समाचारमा बताइएअनुसार अहिले दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो । विमानमा २१ प्यारासुट डाइवर्स सहित ३ जना सवार थिए ।

गत महिना रुसको सुदुर पूर्वमा एन–२६ विमान पनि दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो । गत जुलाईमा रुसकै कामचट्का क्षेत्रमा भएको अर्को विमान दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार