
काठमाडौ । बहुचर्चित एमसीसी परियोजना संसदबाट बहुमतले पारित भएको छ । आइतबार राती प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता बहुमतले पारित भएको हो ।
संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएपछि एमसीसी पारि भयो।
एमसीसीबारे विभिन्न पार्टी र जनस्तरबाट उठेका जिज्ञासा, आशंका, विवादबारे सरकारले प्रष्ट पार्न मन्त्रिपरिषद्बाट १२ बुँदे एमसीसीमा व्याख्यात्मक प्रस्ताव समेत पारित गरेको छ ।
राष्ट्रिय स्वाधिनता, अखण्डता र जनताको अधिकार तलमाथि हुनेगरी एमसीसी लागु नहुने भन्दै अर्थमन्त्री शर्मा संसदमा प्रष्ट पारेका थिए । संसदमा एमसीसी पास हुँदै गर्दा सत्ता गठबन्धनमा रहेका माओवादी र एकिकृत समाजवादीका केहि सांसदहरुले भने असहमती जनाएका थिए ।
संसद बाहिर नयां बानेश्वर, माइतीघर लगायतका ठाउँहरुमा एमसीसीको विरोधमा प्रर्दशन समेत भएका थिए ।














