काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि एक नेपाली विधार्थी मृत भेटिएकी छन् । नेपालको वीरगञ्जकी प्रिशा शाह आज राती करिब ८ बजेतीर मृत भेटिएकी छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले नेपाली विधार्थी शाह मृत भेटिएको पुष्टि गरेका छन् । शर्माकाअनुसार बेलुकी करिब ८ बजेतिर उनी कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
कन्सुलर एसएसपी शर्माका अनुसार, घटनाबारे अनुसन्धान सुरु भइसकेको र मृतक शाहका आफन्त नआउन्जेलसम्म पोस्टमार्टम नगर्नेगरी शव सुरक्षित राखिएको छ । उनका अनुसार प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्दै आएकी थिइन् ।
केआईआईटी मै अध्यनरत बुटवलकी २० वर्षीया प्रकृति लम्साल गत ४ फागुनमा होस्टल मै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी गदाृ समेत कुनै सुनुवाई नभएपछि उनले मृत्युवरण गर्नु परेको थियो । प्रकृतीले न्याय नपाउँदै अर्की नेपाली विधार्थी पनि झुण्डिएकै अवस्थामा मृत भेटिनुले विभिन्न आशंकाहरु उब्जाएको छ । घटनाबारे गम्भिर रुपले निष्पक्ष, सत्यतथ्य अनुसंन्धान गरि दोषीमाथि हदैसम्मको कार्बाही हुनुपर्ने भन्दै आवाज उठिरहेको छ ।