मेस्सीले रोनाल्डोलाई पछिपार्दै फिफा उत्कृष्ट वर्ष खेलाडीको अर्वाड जिते

काठमाडौं । विश्व चर्चित फुटवलर लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ ९फिफा० ले गएराति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीलाई उत्कृष्ट वर्ष खेलाडी घोषणा गरेकोहो ।

उक्त कार्यक्रममा उपस्थित भएका मेस्सीले उत्कृष्ट बर्ष खेलाडीको अवार्ड ग्रहण गरे। स्पेनिस बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनाका सुपरस्टार खेलाडी मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

यसअघि यो अर्वाड पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेस्सीले ५ ५ पटक जितिसकेका छन् । मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ गरि पाँच पटक यो अर्वाड जितिसको छन् । मेस्सीले २०१८( ०१९ को सेसनका खेलहरुमा ५८ खेलबाट ५४ गोल गरेका थिए ।

त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले जितिन् । यता, फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जित्दा महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार