
काठमाडौँ । कोरोना भाइरसको त्रास रहेका बेला एक्कासी भुकम्पको धक्काले कास्कीवासी त्रसित भएका छन् ।
आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गएको ५ रेक्टरको भूकम्प जाँदा त्यस आसपासका नागरिकहरु त्रसित भएका हुन ।
भूकम्प लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टी गरेको छ ।
An earthquake of Ml 5.0 around Lumle of Kaski @ 20:45.
— NSC, Nepal (@NepalNsc) March 15, 2020
भूकम्पको धक्का कास्कीसहित छिमेकी जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ । भूकम्पको धक्का महसुश भएपछि स्थानीय त्रसित हुँदै घर बाहिर निस्किएका थिए ।
यद्यपी, भूकम्पको धक्काबाट क्षति भएको कुनै विवरण आएको छैन ।








