काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन हुने भएको छ । परीक्षा बोर्डले सूचना प्रकाशित गरी साउन २६ र २७ गतेबाट सञ्चालन हुने जानकारी गराएको छ ।
एसईई परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् ।
साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुने बताइएको छ । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो ।
परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।











