काठमाडौं । केराउ र चना दैनिक रुपमा सबैको भान्छामा पाक्छ । दाल र खाजाका रुपमा चना र केराउ सबैले प्रयोग गर्दछन् । सामान्यतया खाजाको रुपमा केराउको छोले र चनाको धेरै प्रयोग हुन्छ। तर केराउ र चना खाँदाका फाइदा बारे धेरैलाई थाहा नहुन सक्छ ।
यस्ता छन् चना र केराउका फाइदा
तौल घटाउँछ
चना तथा केराउमा हुने फाइबरको कारणले यीनीहरूको सेवन तौल घटाउनको लागि निकै उपयोगी मानिन्छ। चना तथा केराउले लामो समय सम्म ढाडस दिइरहन्छ। चना तथा केराउले साहाकारीहरूको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्बाह गर्दछ।
चिनीको सन्तुलन
चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्दछ ।
शक्ति बढाउछ
चना तथा केराउको प्रयोगले शक्ति बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि बढ्छ।
महिलाको हर्मोनलाई नियमित बनाउँछ
महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ। हर्मोनको नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
रक्तचाप नियमित बनाउँछ
केराउ तथा चनाको प्रयोगले उच्च रक्तचापलाई केही कम गर्छ। केराउ चनाको प्रयोगले रक्तचापलाई नियमित बनाउँछ।
रक्तअल्पताको हेरचाहा
चना तथा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ।
मुटु स्वस्थ बनाउँछ
चना तथा केराउको प्रयोगले स्वस्थ मुटु बनाउनको लागि अहम भूमिका खेल्दछ। साथै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता हट्दछन्।
अपच हुने समस्या हुँदैन
चना तथा केराउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ। यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ।










