
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा नेताहरु मास्क लगाएरै सहभागि भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेताहरु मास्कसहित बैठकमा उपस्थित भएका हुन ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न भइरहेका प्रयास लगायत प्रधानमन्त्रीको हालै गरिएको मिर्गौला प्रत्यापरण र त्यसपछिको स्वास्थ्य अवस्थाबारे बैठकमा छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणका लागि नेताहरुले उनलाई बधाई दिदै चिकित्सक र मृगौलादातालाई समेत धन्यवाद दिएका छन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षा रोक्नेलगायतका निर्णय गरेकोप्रति सचिवालय बैठकले प्रशंसा गरेको सल्लाहाकार थापाले जनाएका छन् ।
कारोनाको संक्रमण भएको अवस्थामा गरिने तयारीलाई पनि अझ बढी प्रभावकारी ढंगले चलाउन सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरिएको छ ।
कोरोनाको बारेमा भ्रमपुर्ण गतिविधि र सरकारले अपनाउन भनेका सावधानी विपरीत काम गर्नेलाई कडा कारवाही गर्न समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
यो पनि पढ्नुहोस
भोलीदेखि सुरु हुने यसबर्षको एसईई परिक्षा अन्तिममा आएर स्थगित
यो पनि पढ्नुहोस








