• गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

    पोखरा । गण्डकी प्रदेश सरकारले  प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी साधन उपलब्ध गराएको छ । सवारी साधन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेका हुन् । प्रदेश सकारले ट...

  • समुदायमा कोरोना फैलिन थालेपछि नेपालगञ्जमा आजबाट निषेधाज्ञा

    नेपालञ्ज । नेपालगञ्जमा आजबाट निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि आजबाट तीनदिनको लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरिएको हो । नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकको न...

  • वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

    वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १६ नगवा बस्ने ६० बर्षीया महिला रहेकी छन् । उनको शनिबार साँझ नारायणी बयोधा अस्पतालको आइसोलेसनमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै पछिल्लो १० दिनमा वीरगञ...

  • सवारी दुर्घटनामा गम्भिर घाइते सांसद थापालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदै

    कैलाली । सवारी दुर्घटनामा परी गम्भिर घाइते भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकाकुमारी थापालाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ । मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी सांसद थापालाई कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइन लागेको हो । गेटा विमानस्थलब...

  • सुनसरीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु

    इनरुवा ।  सुनसरीको कोशीगढमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका ८ का २० वर्षीय राजकुमार राई रहेका छन् । बराहाक्षेत्र नगरपालिका १ कोशीगढमा शनिबार (नाउ) दुर्घटना हुँदा दुई जनाको भने उद्दार गरिएको प्रहरीले जनाएको छ ।भोजपुर आपचोक गाउँपालिका ८ का शङकर राई र अजय राईको उद्दा...

  • सैनिकको कुटपिटबाट मृत्यु भएका राजकुमारको परिवारलाई १० लाख राहत दिने घाेषणा

    चितवन । चितवन राष्ट्रिय निकुञ्‍जकाे सुरक्षामा खटिएका सैनिकको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई राहत स्वरुप १० लाख दिने प्रतिबद्धता भएको छ । जिल्ला प्रशासन कार्यालय भएको छलफलमा निकुञ्जले ७ र राप्ती नगरपालिकाले ३ गरी १० लाख राहत दिने प्रतिबद्धता भएको हो । शुक्रबार राहत दिने सहमति भएपछि राजकुमारका बुवा...

  • क्वारेन्टिनबाट घर गएका बझाङका ६६ जनामा कोरोना संक्रमण पुष्टि

    बझाङ । क्वारेन्टिनबाट घर गएका बझाङका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेर घर गएका जिल्लाको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६६ जनाको र...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    वीरगञ्ज । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिला रहेकी छन् । साउन १४ गते स्वास्थ्यमा समस्या भएपछि नारायणीको वयोधा अस्पतालमा भर्ना भएकी उनको शुक्रबार बिहान मृत्यु भएको थियो । शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा राति उनको रिर्पोट पोजिटिभ आएक...

  • भ्रष्टाचारका खरो विरोधी प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै महिला कर्मचारीद्धारा कुटपिट

    मोरङ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । उपसचिव सञ्जेलमाथि शनिबार बिहान कार्यकक्षमै दुईजना महिला कर्मचारीले कुटपिट गरेका हुन्। कुटपिटमा संलग्न नेत्र भट्टराई  निरौला  र मेनुका सापकोटा कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्याल...

  • व्यवस्थापन समितिमा दलित महिला निर्वाचित हुँदा गैरदलितले विद्यालयमा लगाए ताला

    सिरहा । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलित महिला चुनिएपछि गैरदलितले विद्यालयमा ताला लगाएका छन् । दलित समुदायको अध्यक्ष आफूलाई स्वीकार्य हुँदैन भन्दै गैरदलितले विद्यालयमा ताला लगाएका हुन् । सिरहाको मिर्चौया नगरपालिका वडा ४ रहेको कुथन प्राथकिम विद्यालयमा दलित समूदायकी चन्दा भवानी महरा अध्यक्षमा निर्वाचित भएक...