अस्पतालको आइसोलेनबाट भागेका दुवै संक्रमित पक्राउ

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेनबाट  बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमध्ये विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार  साँझ नै नियन्त्रणमा लिएर फेरि  आइसोलेसन वार्डमा राखिसकेको छ ।

त्यस्तै अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई भने प्रहरीले बुधबार राति मावलीबाट पक्राउ गरेको छ । अस्पतालको आइसोलेसन वार्डबाट भागेका उनी पहिला घर अनि त्यसपछि त्यहाँबाट पनि भागेर हरिहरपुरस्थित मावली घरमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार