मानव बेचविखन र जबर्जस्तीकरणी मुद्दाका फरार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोमबार महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेका मकवानपुरका अन्दाजी ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई सार्बजनिक गरेको छ ।

उनिहरुलाई आइतबार कलङ्कीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको पत्रअनुसार मानव बेचविखन गरेर फरार रहेका उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

यसैगरी प्रहरीले जबर्जस्तीकरणी मुद्दामा फरार रहेका सिन्धुलीका ३३ वर्षीय अर्जुन सुवेदीलाई पनि नयाँबजारबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ । प्रहरीका अनुसार सुवेदी पनि फरार अभियुक्त हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार