
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेनबाट बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमध्ये विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ ।
त्यस्तै अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई भने प्रहरीले बुधबार राति मावलीबाट पक्राउ गरेको छ । अस्पतालको आइसोलेसन वार्डबाट भागेका उनी पहिला घर अनि त्यसपछि त्यहाँबाट पनि भागेर हरिहरपुरस्थित मावली घरमा पुगेका थिए ।










