कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १-१ गरी दुई जनाको मृत्यु भएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका ९ माईस्थानका एक पुरूषको बिहीबार पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुटु रोगी समेत रहेका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि केही दिन अघि पाटन अस्पताल भर्ना गरएका थिए ।

त्यस्तै सिरहाको गोलबजार नगरपालिका १२ का २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

मिगौंलाको डायलासिस सेवा लिन धरान पुगेका उनको कोरोना संक्रमणबा कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार