
काठमाडौं । कतारले आफ्नो देशमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटवल हेर्न आउने दश लाख दर्शकलाई सित्तैमा कोरोना खोप लगाउने बताएको छ ।
विश्वकप हेर्न आउने दर्शकबाट कोरोना फैलिने खतरा नहोस भन्नका लागि कतार सरकारले दर्शकलाई सित्तैमा खोप लगाइदिने भएको हो ।
कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीका अनुसार खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिइने छैन्।
खोपका बिषयमा विभिन्न सरकार र कम्पनीहरुबीच विभिन्न छलफल भइरहेको कतारी संचारमाध्यमहरुले जनाएका छन् ।
कोरोना महामारीमा पनि कतारले विश्वकप आयोजनाका लागि चहिने भौतिक पुर्वाधारहरुको निर्माण कार्यलाई जारी राखेको छ ।












