काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी, मोरङ र कपिलवस्तुका एक , एक जना गरी तीन जना रहेका छन् । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ९ बस्ने ६२ वर्षीया वृद्धाको आइतबार राति मृत्यु भएको छ । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानम...
प्रदेश समाचार
-
-
केही खुकुलोसहित रुपन्देहीमा निषेधाज्ञा थप एक साता लम्ब्याइयो
बुटवल । रुपन्देहीमा निषेधाज्ञा थप एक साता लम्ब्याइयको छ । गएराति १२ बजेबाट असोज ४ गतेसम्म थप गरिएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरिएको हो । थपि गरिएको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधा...
-
बन्चरो प्रहार गरी आमाको हत्या
झापा । आफ्रनै आमालाई बन्चरो प्रहार गरी झापामा एक जनाले हत्या गरेका छन्। जिल्लाको कमल गाउँपालिका ७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आफ्नै ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरी उनले आइबार राति आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । दिनेशलाई प्रहरीले पक्राउ...
-
राष्ट्रिय क्रिकेटर ललित भण्डारी दुर्घटनामा परी गम्भिर घाइते
कंचनपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । आईतबार साँझ उनी चढेको मोटरसाईकल र मिनि ट्रक एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो । कंचनपुरको झलारी बजारमा धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको ललित सवार म २ ...
-
‘जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गरौं’– राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । आइतबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएराती गएको पहिरोमा भएको जनधनको क्षतिप्रति दुःखी समेत ब्यक्त गरेकी छन् । "भौगोलिक सम्वेदनशी...
-
सिन्धुपाल्चोक पहिरो अपडेटः ज्यान गुमाएका ९ जनाको सनाखत, २२ अझै बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा परी ज्यान गुमाएका ९ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा स्थानिय भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, ८ वर्षीय सन्देश बिक, नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार , ४२ वर्षीया हीरामाया श्रेष्ठ, ६३ वर्षीया भक्तिमाय...
-
सिन्धुपाल्चोक पहिरो अपडेट : ८ जनाको शव भेटियो, तीनकाे सनाखत २६ अझै बेपत्ता
सिन्धुृपाल्चोक । गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ । पहिरोमा अझै २६ जना बेपत्ता रहेका छन् । शव फेला परेका मध्य तीन जनाको सनाखत भएको छ । पहिरोमा परी नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी...
-
सिन्धुपाल्चोकमा फेरि पहिरो : १८ घर पुरिँदा तीनको शव भेटियो, १७ अझै बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरि पहिरोले घरहरु पुरेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा पहिरोले घरहरु पुरेको हो । पहिरोमा पुरिएर अहिलेसम्म तीन जनाको शव भेटिएको छ भने १७ जना अझै बेपत्ता भएका छन् । पहिरोले १८ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोले सबै भन्दा धेरै घुम्थाङको नागपुजेमा क्षति भएको...
-
सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोका विषयमा दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
जनकपुर । सामाजिक सञ्जालमा फोटो पोष्ट गरेको भन्दै जनकपुरमा दुई पक्षबीच झडप भएको छ । मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसमा आएको टिकाटिप्पणीका कारण दुई पक्षबीच झडप भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा भएको उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्य...
-
काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरका १७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 248
- Next Page »












