• देशकै चर्चित भरतपुर महानगरको मेयरमा गठबन्धनबाट रेणु दाहालको उम्मेदवारी दर्ता

    चितवन । देशकै चर्चित चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर पदकी साझा उम्मेदवार माओवादी केन्द्रबाट दाहालले आज दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनिस...

  • ललितपुरको मेयरमा गठबन्धनबाट चिरिबाबु महर्जनद्धारा उम्मेदवारी दर्ता

    ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनकातर्फबाट साझा उम्मेदरवारको रुपमा नेपाली काँग्रेसले महर्जनलाई ललितपुरको मेयर पदमा उठाएको हो । ललितपुरको जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आज दिउँसो आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । मर्ह...

  • गायक टँक तिमिल्सिनाद्धारा मेयरमा उम्मेदवारी दर्ता

    अछाम । गायक टंक तिमिल्सिनाले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले अछामको पन्चदेबल नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गायक तिमिल्सिनाले आज पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गई मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् । उम्मेदवारी दर्तापछि संक्षिप्तमा प्र...

  • माओवादीको पहिलो विजयी यात्रा मनाङबाट सुरु, वडावासीद्धारा पुरै टिम निर्विरोध निर्वाचित

    मनाङ। यहि वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले आफ्नो विजयी सुरुवात गरेको छ । मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएपछि माओवादीको विजयी यात्रा सुरुवात भएको हो । आज वडावासीको संयुक्त भेलाले वडा अध्यक्षमा माओवादी केन्द्रका गुरुङलाई न...

  • भरतपुरमा रेणुलाई काउन्टर दिन एमाले र राप्रपाबीच तालेमेल

    चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालेमेल हुने भएको छ । दुबै दलबीच भएको तालमेलअनुसार महानगरको मेयरमा एमाले र उपमेयरमा राप्रपाले उम्मेदवारी दिदैछन्। दुबै दलबीच वडाहरुमा समेत तालमेल गर्ने सहमतीअनुसार १५ र २६ नम्बर वडाध्यक्षमा राप्रपाले उम्मेदवारी दिदैछ । त्यस्तै...

  • रोल्पामा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन

    रोल्पा । रोल्पाको माडी गाउँपालिकामा सत्ता पक्ष र प्रतिपक्षबीच नै चुनावी गठबन्धन भएको छ । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा सतारुढ दल नेपाली कांग्रेस र प्रतिपक्ष दल नेकपा एमालेबीच चुनावी तालमेल भएको हो। दुई दलबीच भएको सहमतीअनुसार एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा...

  • प्युठानमा माओवादी र एमालेबीच चुनावी गठबन्धन

    प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि एमाले र माओवादीबीच गठबन्धन बनेको हो । गाउँपालिका अध्यक्षपदमा उम्मेदवार बनाउने बिषयमा माओवादी र राष्ट्रिय जनमोर्चाबीच सहमति नभएपछि एमाले माओवादी गठबन्धन भएको हो । जनमोर्चाले अध्यक्ष पद...

  • धादिङमा बस र कार ठोक्किदा ५ जनाको मृत्यु, एक गम्भिर घाइते

    धादिङ । धादिङमा बस र कार एकआपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा कारमा सवार पाँचै जनाको मृत्यु भएको धादिङ प्रहरीले बताएको छ। द...

  • कांग्रेसलाई उम्मेदवार टुंग्याउनै सकस, आज पनि बैठक बस्दै

    काठमाडौं । सत्तरुढ नेपाली काँग्रेसलाई यहि वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउन निकै सकस भएको छ । आज र भोलीमा मनोनयन दर्ता गरिसक्नु पर्ने समयवधी भएपनि काँग्रेसले उम्मेदवारको टुंगो लगाउन सकिरहेको छैन् । उम्मेदवार टुंग्याउन हिजो रातीसम्म बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बि...

  • उम्मेदवारी दर्ता गराउंदा आवश्यक कागजात र शुल्कबारे थाहा पाउनुहोस

    काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका उम्मेदरवारको मनोनयन दर्ता आज र भोलीसम्म गरिसक्नु पर्नेछ । तर मनोनयन दर्ताका लागि उम्मेदवारले बुझाउनु पर्ने कागजात र लाग्ने शुल्कबारे धेरैको जिज्ञासा रहने गर्दछ । यहि कुरालाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने...