मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

काठमाडौं । नेपालस्थित भारतीय दूतावासका राजदूत विनय मोहना क्वात्रा सेल्फ क्वारेन्टिन बसेका छन् ।

संस्कृति, पर्यटटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेटेका राजदूत क्वात्रा कोभिड–१९ को मापदण्ड अनुसार सेल्फ क्वारेन्टिनमा बसेका छन् । केहि दिनअघि मन्त्री भट्टराई र राजदूत क्वात्राबीच भेटघाट भएको थियो । शुक्रबार बेलुकी ज्वरो आएपछि स्वाब परीक्षण गराउँदा मन्त्री भट्टराईको शनिवार रिर्पोट पोजेटिभ आएको थियो ।

राजदूत क्वात्रामा कुनै लक्षण नदेखिए पनि १–२ दिनमा कोरोना परीक्षण गरिने दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार