• विवादपछि रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ भनेर चलाएको एम्बुलेन्स

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा  'मोबाइल क्लिनिक' भनेर संचालन गरेको एम्बुलेन्स फिर्ता गरेको छ । रास्वपाले पुरानो मेडिकल कलेज भरतपुरलाई नै एम्बुलेन्स फिर्ता गरेको हो । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केत प...

  • अधिवक्ता भगवती पाण्डे २४ घण्टा नबित्दै थुनामुक्त

    काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ २४ घण्टा नबित्दै छुटेकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले जनाएको छ । प्रहरीले बताएअनुसार अधिवक्ता पाण्डेले प्रमाण न...

  • बझाङमा दलितको बन्दै गरेको घर भत्काईदिएको घटनाविरुद्ध धरानमा खबरदारी कार्यक्रम

    धरान । जनता समाजवादी पार्टी,शिल्पी विशेष समिति प्रदेश १ ले धरानमा बझाङमा दलित समुदाएका एक व्यक्तिको बन्दै गरेको घर भत्काईदिएको घटनाका विरुद्ध खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । बाहुनको घर छेउमा दलितले घर बनाएको भन्दै पुड्के ओखेडाको बन्दै गएको घर भत्काएको विरोधमा खबरदारी कार्यक्रम गरिएको हो । कार्यक्रममा शिल्पी वि...

  • ‘तँ डुम के गर्छस’ भन्दै निर्माणाधीन घर भत्काउने तीनजना पक्राउ

    बझाङ । बझाङमा एक दलित परिवारको निर्माणधीन घर भत्काउने स्थानिय तीन जना पक्राउ परेका छन् । बझाङको वित्थडचिर गाउँपालिका वडा नं –७ का पुड्के ओखेडाको निर्माणाधीन घर भत्काउने स्थानिय कृष्ण जोशी, भवानी जोशी र किथ्थे भनिने (नन्दलाल) जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितले दिएको उजुरीका आधारमा तीनैजनार्ला पक्राउ गर...

  • अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आज जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्राइम टेलिभिजनको चिया गफ कार्यक्रममा अन्तर्वार्ता दिदा उनले मगर, तामाङ र मुस्लिम समुदायमा आफ्नै दाजु बहिनीबीच विवाह हुने विवादित अभिव्यक्ति दिएकी थिइन् । अधिवक्ता पाण्डेले...

  • दाङमा ७३ वर्षीया वृद्धालाई बलात्कार गरिरहेकै अवस्था दुई युवा पक्राउ

    दाङ । दाङमा एक ७३ वर्षीया वृद्धा महिलालाई सामुहिक बलात्कार गर्ने दुई जना युवा पक्राउ परेका छन् । दाङको तुलसीपुरमा बस भित्र सामूहिक बलात्कार गरिरहेकै अवस्थाकमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० वर्षीय रेशम बिक र दाङको तुलसीपुर उपमहानगरपालिका १५ का ३...

  • प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेख्ने युवक पक्राउ, साईबर क्राईम सम्बन्धि मुद्दा

    बुटवल । प्रधानमन्त्री प्रचण्डको तस्वीरसहित असंवेदनशील र भ्रमपुर्ण कुरा सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–८ रुपन्देहीका टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्...

  • जुम्लामा नुनका लागि झगडा, डिपोमा तोडफोड

    जुम्ला । जुम्लाको नुन डिपोमा तोडफोड गरिएको छ । सहजरुपमा नुन नपाएको भन्दै उपभोक्ताहरुले डिपोमा तोडफोड गरेका हुन्। नुनका लागि लाइनमा लागेका व्यक्तिहरुले सहजरुपमा नुन नपाएपछि आक्रेषित हुँदै डिपैमा ढुंगामुढा गरेका थिए । नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा लाइनमा रह...

  • शंखरापुरमा पाँच दिने उद्घोषण तालीम सम्पन्न

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा पाँच दिने उद्घोषण तालीम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय खड्गी समाज, शंखरापुर नगरसमितिको आयोजना र काठमाडौं जिल्ला समितिको सहकार्यमा शंखरापुर नगरपालिकाको वडा नं. ७ साँखुमा तालीम सम्पन्न भएको हो । असार २४ देखि २८ गतेसम्म संचालन भएको तालीममा स्थानिय महिला र पुरुष गरी १९ जनाको ...

  • निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्धामा दोषी ठहर,९ करोड बढि तिरेर जेल जाँदै

    काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई गैर कानुनी रुपमा सम्पत्ती आर्जन गरेको भन्दै अदालतले दोषी ठहर गरेको छ । आज विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको संयुक्त इजलासले खड्काला...